
काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले छाड्ने भएका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका सुपर स्टार रोनाल्डोले अहिले सम्झौता अवधि नसकिँदै युभेन्टस छाड्ने तयारीमा रहेको इटालियन समाचारपत्र ला रिपब्लिकाले उल्लेख गरेको छ ।
यद्यपी रोनाल्डोको युभेन्टससँगको सम्झौता भने सन् २०२२ सम्म रहेको छ ।
इटालियन अर्को पत्रिका गजेट्टा डेल्लो स्पोर्ट्सले रोनाल्डोले युभेन्टससँग सन् २०१९/२० का लागिमात्र सम्झौता गरेको दावी गरेको छ ।
युभेन्टस डच क्लब आयाक्ससँग समग्रमा ३–२ गोलले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।









