२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल्ची जनप्रतिनिधि, बैठक पिच्छे ८ हजार भत्ता खान पाउने ऐन सर्बसम्वतीबाट पारित



अ+ अ-

बिराटनगर । प्रदेश १ को सरकारले सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । अब जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुलाई सुबिधा बढ्ने भएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा आन्तरिक मार्मिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेस गरेको संसोधन प्रस्ताव जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले सर्बसम्वतीबाट पारित गरेका हुन् ।

पहिला कति भत्ता पाउथे ?
महानगरपालिकाका प्रमुख : तीन हजार
उपप्रमुख : २५ सय
वडा अध्यक्ष : २२ सय
वडा सदस्य : १५ सय

उपमहानगरपालिका र गाउँपालिकाका
प्रमुख : २५ सय
उपप्रमुख : २२ सय
वडाध्यक्ष : दुई हजार
वडा सदस्य : एक हजार

अब बैठक पिच्छे भत्ता खाने कानुनी बाटो खुलेको छ । गाडी नभएका नगरपालिका प्रमुखले मासिक ८ हजार, उपप्रमुखले ६ हजार, गाउँपालिका अध्यक्षले ७ हजार र उपाध्यक्षले ५ हजार यातायत सुविधा पनि पाउँदै आएका छन् ।