
काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेका प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।
बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।









