१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

डा.महतले भने– देशमा कम्युनिष्ट सत्ता रहेसम्म समृद्धि आउँदैन

डा.महतले भने– देशमा कम्युनिष्ट सत्ता रहेसम्म समृद्धि आउँदैन
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सत्ता रहँदासम्म देशमा समृद्धि नआउने दाबी गरेका छन् । उनले भने ‘जसरी वर्तमान प्रधानमन्त्रीले यथार्थमा पूरा हुनै नसक्ने सपनाहरु बडो हल्का ढंगले बाँडिरहनुभएको छ, यो सरकारका हातबाट देशको समृद्धिको हालत पनि त्यही हो, पूरा हुन सक्दैन ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ सम्मेलनलाई आज राजधानीमा सम्बोधन गर्दै डा.महतले भने– यो सरकारबाट कुनै पनि हालतमा देशमा समृद्धि सम्भव छैन, यो कम्युनिष्टहरुको कमाउनिष्ट सरकार हो, जनताको सरकार होइन, त्यसैले समृद्धिको नारा सपना मात्र हो ।
उनले भने– अहिले स्पष्ट भएको छ कि चुनाव ताकाको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ, यसले सत्ताधारीहरुलाई क्षणिक रुपमा फाइदा दिएको भए पनि देश ठूलो घाटामा छ ।
सहमहामन्त्री डा.महतले देशमा संस्थागत भ्रष्टाचार मौलाएको, अहिले लाख, करोडमा नभएर अरब अरबमा भ्रष्टाचार हुने गरेका समाचारहरु दिनहुँ छ्याप्छ्याप्ती आउने गरेको, र त्यसको उदाहरणका रुपमा हवाई जहाज, बुढीगण्डकी, फोर जी, सुनकाण्ड लगायत काण्डै काण्ड अहिले चर्चामा रहेको उनको भनाई छ ।
यो सरकार कमाउ धन्दामा मात्र लागेको र सरकारका जनविरोधी, अधिनायकवादी र भ्रष्टाचारी क्रियाकलापहरु एकपछि अर्काे गरी बाहिर आइरहेको उनले बताए ।
यो अधिनायकवादी सरकार हो भन्ने कुराको उदाहरण खोज्न धेरै पर जानु नपर्ने भन्दै डा महतले भने– अहिले सरकारले संवैधानिक निकायहरुलाई छायाँमा राख्न खोजेको छ, कर्मचारीमा दुई तिहाइ सरकारको त्रास देखाएर काम गराएको छ र स्वस्थ आलोचना गर्ने प्रेस जगतमाथि औँला ठड्याएर आफु विरुद्धका समाचार नलेख्न धम्काइरहेको छ ।
डा.महतले अब कम्युनिष्टहरुको तानाशाही सरकार देखिसकेका नेपाली जनता र विशेषगरी नेपाली काँग्रेसका हरेक कार्यकर्ताहरु जबसम्म यो सरकार सत्तामा रहन्छ, त्यतिन्जेल देशमा समृद्धि र स्वतन्त्रता सम्भव नरहेको निष्कर्षमा पुगिसकेका बताए ।
उनले काँग्रेसका कार्यकर्ताहरुलाई आफ्नो सत्रु पार्टी भित्रकै साथीहरु हुन् कि कम्युनिष्टहरु हुन् भनेर निधो गर्न पनि आग्रह गरे । उनले भने– हामी आफै बलियो छौँ तर पनि काँग्रेसले काँग्रेसकै विरोध गर्ने र विपक्षमा लाग्ने भएकाले हामी आज यहाँ पुगेका हौँ, त्यसैले अब तपाईहरुले पनि निधो गर्नुस् कि सत्रु आफै हौँ या को हो ?
उनले काँग्रेस आफै एक भएर अघि बढ्न सकेमा आगामी निर्वाचनमा बहुमत ल्याउन काँग्रेसलाई कसैले पनि रोक्न नसक्ने जिकीर गरे । कम्युनिष्टका फोस्रा नारा र आश्वासन जनताले भोगिसकेका, देखिसकेका छन्, त्यसैले अब काँग्रेसले एक भएर देशलाई नेतृत्व दिन अघि बढ्नुपर्छ, उनले भने ।