१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विआरआई सम्मेलनमा राष्ट्रपति भण्डारी जाने – के हुदैछ चीनमा ?

विआरआई सम्मेलनमा राष्ट्रपति भण्डारी जाने – के हुदैछ चीनमा ?
अ अ+ अ-

काठमाडौँ । चीनको सबैभन्दा ठूलो एवम् महत्वाकांक्षी आयोजना बिआरआई सम्मेलन आगामी हप्ता चीनमा सम्पन्न हुदैछ । उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्रीको सहभागित हुन लागेको छ । त्यसो त यस सम्मेलनमा विश्वका १५० देशको सहभागिता रहने निश्चित भएको छ । ३७ देशका त राष्टपति र प्रधानमन्त्री नै सहभागी हुदैछन् ।
बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिइ आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएका छन् र यस आयोजना अघि बढाएका हुन् । त्यसैले चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ ।
यसअघि दुइृ वर्षमात्र अघि चीनले यस्तो सम्मेलन गरेको थियो । सो सम्मेलनमा विश्वका १४० देशको सहभागिता थियो । अहिले सो संख्या बढेर १५० पुगेको हो । त्यसैगरी अघिल्लो अर्थात पहिलो सम्मेलनमा विश्वका २९ देशका राष्ट्रपति तथा प्रधानमन्त्री थिए भने अहिले ३७ देश पुगेको हो । यस पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नै सहभागी हुने कार्यक्रम छ । त्यस्तै विश्वका अरु पनि ठुला, समृद्ध देशका नेताहरु सो सम्मेलन सहभागी हुदैछन् ।
नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी सो सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । त्यसका लागि राष्ट्रपति भण्डारीको करिब ५० जनाको प्रतिनिधिमण्डल त्यसतर्फ जाने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालको तर्फबाट सहभागी हुने सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि सहभागी हुनेछन् । सो सम्मेलनमा नेपाली काँग्रेस सहित विभिन्न दलका सांसद तथा नेताहरुलाई पनि सहभागी हुने भएका छन् ।
नेपाली प्रतिनिधिमण्डल एक दिन सियान पुगेर बस्ने कार्यक्रम रहेको बेइजिङस्थित नेपाली दूताबास समाचार स्रोतले जनाएको छ । सियानमा पनि राष्टपति भण्डारीले महत्वपूर्ण भेटघाट र भ्रमण गर्ने सो समाचार स्रोतले जनायो । त्यसपछि सो प्रतिनिधिमण्डल भोलिपल्ट बेइजिङ पुग्ने छ । बेइजिङमा रहँदा विभिन्न आयोजना र नेपाल चीनबीचका विभिन्न महत्वपूर्ण आयोजनाहरुमा पनि सहमति समझ््दारीमा हस्ताक्षर हुने भएको बताइएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणलाई चीनले राजकीय सम्मान दिएको छ । वर्तमान राष्ट्रपतिको यो कार्यकालको यो पहिलो चीन भ्रमण रहेको र बिआरआई चीनले पछिल्ला वर्षहरुमा बोआओभन्दा पनि महत्व दिएको फोरममा सहभागी हुन जाने भएकाले यस भ्रमणलाई राजकीय स्तरको सम्मान दिइएको समाचार स्रोतको दाबी छ ।
राष्ट्रपति सहितको नेपाली प्रतिनिधि मण्डल चीनको राजधानी बेइजिङमा रहेको वेस्टिन होटलमा बस्ने तय भएको बेइजिङस्थित नेपाली दूताबास समाचार स्रोतले जनाएको छ ।