
काठमाडौं । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
इत्तेहाद स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानचेष्टर सिटीले टोटनहृयाममाथि संघर्षपूर्ण जित हात पारेको हो । फोडिनले पाँचौं मिनेटमा गरेको गोलनै जितको लागि प्रयाप्त बन्यो ।
जितमा चार खेल बाँकी रहँदा सिटीको ८६ अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ८५ अंक छ । तेस्रो स्थानमा रहेको टोटनहृयाजको समान खेलबाट ६७ अंक छ ।









