
काठमाडौं । राजस्थान रोयल्सलाई आईपीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जित हात पारेको छ ।
जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । कप्तान स्मिथ ५९ रनमा अविजित रहे ।
स्मिथले रियान प्ररागसँग ७० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । प्रराग ४३ रनमा आउट भए । सञ्जु सामसनले ३५ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो । ११ रन जोड्दा पहिलो विकेट गुमाएको मुम्बइृका लागि क्विन्टन डिकक र सूर्यकुमार यादवले ९७ रनको महत्वपूर्ण साझेदारी गरे ।
१४ औं ओभरको अन्तिम बल फाल्नुअघि बिन्नीको बलमा आउट भएका यादव ३५ रन बनाए । त्यसपछि मुम्बईको गतिमा ब्रेक लाग्यो । डिककले ६५ रन बनाए ।









