२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : राजस्थानद्धारा मुम्बई पराजित, स्मिथको कप्तानी पारी



अ+ अ-

काठमाडौं । राजस्थान रोयल्सलाई आईपीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जित हात पारेको छ ।

जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । कप्तान स्मिथ ५९ रनमा अविजित रहे ।

स्मिथले रियान प्ररागसँग ७० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । प्रराग ४३ रनमा आउट भए । सञ्जु सामसनले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो । ११ रन जोड्दा पहिलो विकेट गुमाएको मुम्बइृका लागि क्विन्टन डिकक र सूर्यकुमार यादवले ९७ रनको महत्वपूर्ण साझेदारी गरे ।

१४ औं ओभरको अन्तिम बल फाल्नुअघि बिन्नीको बलमा आउट भएका यादव ३५ रन बनाए । त्यसपछि मुम्बईको गतिमा ब्रेक लाग्यो । डिककले ६५ रन बनाए ।