२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : सोसिडाड पराजित, बार्सिलोनाद्धारा कमजोर खेल प्रर्दशन



अ+ अ-

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई पराजित गरेको छ ।

आइतबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल बार्सिलोनाले सोसिडाडलाई २–१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा क्लेमेट लेङलेट र जोर्डी अल्बाले समान एक एक गोल गरेका थिए । सोसिडाडका लागि एक मात्रै गोल जुआनमीले गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको अन्तिम समयमा लेङलेटले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले उसामान डेम्बेलेको कर्नर किकमा हेडिङ गोल गरेका थिए ।

तर, खेलको ६२औं मिनेटमा सोसिडाडका लागि जुआनमीले गोल गरेर खेल १–१ को बराबरी बनाए । तर, खेलको ६४औं मिनेटमा बार्सिलोनालाई अल्बाले गोल गरेर २–१ को अग्रता दिलाए । उनले कप्तान लिओनल मेस्सीको पासमा गोल गरेका थिए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्सिलोनाले २–१ ले जित्यो । जितसँगै बार्सिलोनाको ३३ खेलबाट ७७ अंक रहेको छ भने । समान ३३ खेलपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग ९ अंकको अग्रता कायमै राखेको छ ।