६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाबमाथि दिल्लीको सानदार जित, सन्दीपको ३ विकेट



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार रातिको खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । पञ्जाबलाई ५ विकेटको हराउँदै दिल्लीले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो । १६४ रनको लक्ष्य पाएको दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित्यो ।

दिल्लीको जितका लागि कप्तान श्रेयस अयरले नटआउट रहँदै ५८ रन बनाए । शिखर धावनले ५६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रनको योगदान गरे ।

पञ्जाबका केए राहुल र क्रिस गेल सुरुवातदेखि नै आक्रामकरुपमा प्रस्तुत भएका थिए । दोस्रो ओभरमा सन्दीप लामिछानेले राहुलको विकेट लिए ।

गेल भने निरन्तर आक्रमण गरिरहे १३औं ओभरमा सन्दीपले गेललाई पनि अक्सर पटेलबाट क्याच आउट गराएपछि पञ्चाबको रन बन्न गति सुस्त बन्यो , गेलले ३७ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ६७ रन बनाए ।
नेपालका लेग स्पीनर सन्दीप लामिछानेले सधैभन्दा धेरै रन खर्चिए पनि ३

पञ्जाबको महत्वपूर्ण ३ विकेट लिए । सन्दीपले यस सिजनका ५ खेल खेल्दा ८ विकेट लिइसकेका छन् ।

जितपछि दिल्लीको १२ अंक पुगेको छ । अंक तालिकाको तेस्रो स्थानमा छ ।