१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पञ्जाबमाथि दिल्लीको सानदार जित, सन्दीपको ३ विकेट

पञ्जाबमाथि दिल्लीको सानदार जित, सन्दीपको ३ विकेट
अ अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार रातिको खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । पञ्जाबलाई ५ विकेटको हराउँदै दिल्लीले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो । १६४ रनको लक्ष्य पाएको दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित्यो ।

दिल्लीको जितका लागि कप्तान श्रेयस अयरले नटआउट रहँदै ५८ रन बनाए । शिखर धावनले ५६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रनको योगदान गरे ।

पञ्जाबका केए राहुल र क्रिस गेल सुरुवातदेखि नै आक्रामकरुपमा प्रस्तुत भएका थिए । दोस्रो ओभरमा सन्दीप लामिछानेले राहुलको विकेट लिए ।

गेल भने निरन्तर आक्रमण गरिरहे १३औं ओभरमा सन्दीपले गेललाई पनि अक्सर पटेलबाट क्याच आउट गराएपछि पञ्चाबको रन बन्न गति सुस्त बन्यो , गेलले ३७ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ६७ रन बनाए ।
नेपालका लेग स्पीनर सन्दीप लामिछानेले सधैभन्दा धेरै रन खर्चिए पनि ३

पञ्जाबको महत्वपूर्ण ३ विकेट लिए । सन्दीपले यस सिजनका ५ खेल खेल्दा ८ विकेट लिइसकेका छन् ।

जितपछि दिल्लीको १२ अंक पुगेको छ । अंक तालिकाको तेस्रो स्थानमा छ ।