२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौँ पटक सिरी ‘ए’को उपाधी युभेन्टसलाई, अन्तिम खेलमा आत्मघाति गोलले इज्जत बचायो



अ+ अ-

काठमाडौं। घरेलु मैदानमा फियोरेन्टिनालाई हराउदै युभेन्टसले लगातार आठौँ पटक इटालियन सिरी ‘ए’ हराउँदै ५ खेल अगाडि नै उपाधी जितेको छ ।

घरेलु मैदानमा शनिबार राति फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा एलेक्स सान्द्रोले गोल गरेका थिए । फियोरेन्टिका लागि निकोला मिलेनकोभिकले गोल गरे ।

मिलेनकोभिकले खेलको ६ औँ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । खेलको ३७औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुग्यो ।

दोस्रो हाफमा युभेन्टसका लागि कसैले गोल गर्न नसक्दा ५३ औँ मिनेटमा फियोरेन्टिनाका जर्मन पिज्जेलाले आत्मघाति गोल गरेपछि युभेन्टसले २–१को जित निकालेको हो ।

योसँगै ३३ खेल खेलेको युभेन्टसले ८७ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको नेपोलीको अंक ६७ छ । ३३ खेलमा युभेन्टसले २८ जित, ३ बराबरी र २ मा हारको नतिजा निकाल्यो । अब बाँकी ५ खेलमा हार बेहोरेपनि युभेन्टस पछि पर्ने छैन ।