६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा यूएनडीपीको,रजाइँ हाम्रा सांसदको !



अ+ अ-

काठमाडौं । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् ।

प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् ।

‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वा्चित रावलले भने– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’

रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरु बहिष्कार गर्ने नीति नै बनाएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।