६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल



अ+ अ-

काठमाडौं । इजरायलका वैज्ञानिकहरुले कृत्रिम मुटु निर्माण गर्न सफल भएका छन् । उनिहरुले भर्खरै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता भएका हुन् ।

चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ । किनकी यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । तर अहिले मानव शरिरकै अत्यान्तै महत्वपूर्ण अङ्ग मुटु बनाउन सफल भएका छन् । अयअघि यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट बनाइएको छ ।

इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले बनाएको यो मुटु अहिले नै पूर्णरुपमा काम गर्न भने सक्षम छैन । यद्यपि, पहिलोपटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका हुन् । एजेन्सी