
काठमाडौं । आइतबार मौसम पूर्वानुमान महाशाखाका अनुसार हावाहुरीसहितको वर्षाको सम्भावना रहेको जनाएको छ ।
बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हावाहुरी र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ ।
राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहकाले धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।









