६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा श्रृंखलावद्ध विष्फोट, २० को मृत्यु, २०० घाइते



अ+ अ-

काठमाडौं । श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृंखलावद्ध बम विष्फोटमा परि कम्तीमा २० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् ।

राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला कम्तीमा ६ स्थानमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।