
काठमाडौं । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।४ सय भन्दा बढी घाइते भएका छन् ।
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार शृङ्खलाबद्ध बिस्फोट भएको थियो ।
पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए ।
सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।
चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ ।
विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।









