
काठमाडौं । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बसुन्धरामान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ‘मह जोडी’लाई सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ ।
बैठकले नेपाली हास्य व्यङग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयका माध्यमबाट नेपाली कला नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे बापत वरिष्ठ हास्य कलाकार मदनकृष्णश्रेष्ठ लाई बसुन्धराश्री पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।









