६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका बम विस्फोट अपडेटः थप दुई जनाको मृत्यु, मृतकको संख्या १५६ पुग्यो



अ+ अ-

काठमाडौं । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा परि थप दुई जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या कम्तिमा १५६ जना पुगेको छ ।

इन्डिया टुडेका अनुसार उक्त विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ ।४ सय भन्दा बढी घाइते भएका छन् भने ३५ जना विदेशी नागरिक पनि मारिएका छन् ।

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार शृङ्खलाबद्ध बिस्फोट भएको थियो ।

राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।

विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।