
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडविरुद्ध इभर्टनले शानदार जित हात पारेको छ ।
आइतबार राति गोडिन्सन पार्कमा भएको खेलमा इभर्टनले युनाइटेडलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो ।इभर्टनको जितमा रिचालिसन,गिल्फी सिगुड्सन,लुकास डिग्ने र वालकोट्ले समान एक उक गोल गरे । १३ औं मिनेटमा रिचालिसनको गोलबाट इभर्टनले अग्रता लिएको थियो । २८ औं मिनेटमा गिल्फी सिगुड्सनले अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा पनि घरेलु टोली हावी भयो । ५६ औं मिनेटमा लुकास डिग्नेले गोल गरे भने ६४ औं मिनेटमा थियो वालकोट्ले गोल गर्दै युनाइटेडलाई स्तब्ध बनाए ।
हारपछि युनाइटेड ३४ खेलबाट ६४ अंकका साथ छैटौं स्थानमा छ र शीर्ष चारमा पर्न थप दबाव हुनेछ । ३५ खेलबाट ४९ अंक जोडेको इभर्टन सातौं स्थानमा छ ।









