२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : युनाइटेडमाथि इभर्टनको शानदार जित



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडविरुद्ध इभर्टनले शानदार जित हात पारेको छ ।

आइतबार राति गोडिन्सन पार्कमा भएको खेलमा इभर्टनले युनाइटेडलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो ।इभर्टनको जितमा रिचालिसन,गिल्फी सिगुड्सन,लुकास डिग्ने र वालकोट्ले समान एक उक गोल गरे । १३ औं मिनेटमा रिचालिसनको गोलबाट इभर्टनले अग्रता लिएको थियो । २८ औं मिनेटमा गिल्फी सिगुड्सनले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि घरेलु टोली हावी भयो । ५६ औं मिनेटमा लुकास डिग्नेले गोल गरे भने ६४ औं मिनेटमा थियो वालकोट्ले गोल गर्दै युनाइटेडलाई स्तब्ध बनाए ।

हारपछि युनाइटेड ३४ खेलबाट ६४ अंकका साथ छैटौं स्थानमा छ र शीर्ष चारमा पर्न थप दबाव हुनेछ । ३५ खेलबाट ४९ अंक जोडेको इभर्टन सातौं स्थानमा छ ।