६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुंगो लगायो नेकपाले ७७ जिल्लाकै अध्यक्ष र सचिव



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

नेताहरूका अनुसार तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०/४० (सम्भवत ४७/३००) को भागवण्डा हुनेछ । महासचिव विष्णु पौडेलले तयार पारेको सूचीलाई अध्यक्षद्वयले अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गरिने छ ।