६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापमा तारा एयरको विमान दुर्घटना



अ+ अ-

रामेछाप । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।

सोमबार बिहान नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको बताइएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ । चिप्लिएको जहाज हटाएपछि मात्रै उडान सुचारु गर्न सकिने बताइएको छ ।