
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाए हो ।
नेताहरूका अनुसार तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०/४० (सम्भवत ४७/३००) को भागवण्डा हुनेछ । अर्थात ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।
जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ।
यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु –
प्रदेश १
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा : मोहन कुमार खड्का
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
प्रदेश २
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
प्रदेश ३ :
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
गण्डकी प्रदेश
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
प्रदेश ५
बांके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
कर्णाली प्रदेश
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
कालिकोट : दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
सुदुरपश्चिम प्रदेश
डडेलधुरा : मानसिंह माल
दार्चुला : गणेश खत्री
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का









