
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुन आउने बाटोको प्वाल टालेको बताएका छन् । अहिले आफ्नो सरकार आएपछि जमिन मुनि गाडेर राखेको सुनपनि खोतलेर झिक्ने काम भइरहेको दावि समेत गरे ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस अगाडिका सरकारले सुनको तस्करी रोक्न नसकेको र आफ्नो पार्टिले तस्करी रोकेपछि खै सुन भन्ने गरेको आरोप समेत लगाए ।
“यसअघि सुनको तस्करी त हुदो रैछ नी ? टनका टन सुन आउँदो रैछ हामीले त्यो प्वाल बन्द गरेका छौं । ,”प्रधानमन्त्री ओलीले भने, “अहिले प्वाल बन्द भएको छ । सुन तस्करी जोलमा छ । कारवाहि अगाडी बढेको छ । हामीले जमिनमा गाडेर राखेको सुन पनि खोतलेर निकालेका छौं ।”









