
काठमाडौं। इण्डियन प्रिमियर लिगमा आज ४० औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेलिँदैछ ।
राजस्थानको सवाइ मानसिंह मैदानमा नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजे खेलिने खेलमा आजको खेल जितेमा दिल्लीले चेन्नइ सुपरकिंग्सलाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।
दिल्लीलाई प्लेअफ पुग्नको लागि बाँकी ४ खेलमध्ये २ खेल जित्नुपर्नेछ । राजस्थानलाई भने प्लेअफ पुग्नको लागि बाँकी ५ वटै खेल जित्नुपर्छ ।
आइपिएलमा अहिलेसम्म राजस्थान र दिल्लीले १८ खेल खेलेका छन् जसमा राजस्थानले ११ खेल जितेको छ भने दिल्लीले ७ खेल जितेको छ । दिल्लीले राजस्थानविरुद्ध सबैभन्दा धेरै ४ खेल आफ्नो होमग्राउण्ड फिरोज शाह कोटलामा जितेको छ ।
प्रतियोगितामा १० खेलबाट ६ खेलमा जित र ४ मा हारको नतिजासहित १० अंकका साथ दिल्ली लिग तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १० अंक रहेको मुम्बई इन्डियन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । चेन्नई १४ अंकसहित शिर्षस्थानमा छ । एक खेल कम खेलेको राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।









