१७ भाद्र २०८३, बुधबार
,
Latest
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लियो, सन्दीपलाई बेन्चमा आराम



अ+ अ-

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति ।जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको एक सय ९२ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीको जितमा ऋसव पन्त र शिखर धवनले अर्धशतकीय इनिङ खेले । ऋसवले अविजित ७८ रन बनाए । शिखरले ५४ र पृथ्वी शले ४२ रन बनाए । बलिङमा राजस्थानका श्रेयस गोपालले दुई तथा धवन कुलकर्णी र रियान परागले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिका रहानेले १०५ रनको सानदार शतकीय इनिङ खेलेपनि टोली हारबाट जोगिएन । ६३ बलमा अविजित उक्त रन जोडेका रहानेले ११ चौका र ३ छक्का हानेका थिए । कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ड विनीले १९ रन बनाए । बलिङमा दल्लीका कागीसो राबडाले दुई विकेट लिए । इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले एक एक विकेट झारेका थिए ।

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ११ खेलबाट १४ अंक बनाएको छ । खेल खेल कम खेलेको चेन्नई समान १४ अंक सहित दोस्रो स्थानमा छ । दिल्लीसँग हारेको राजस्थानको ६ अंक छ ।