२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गा प्रकरण: रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ ।

राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको रजिस्ट्रेसन पास गरिएको हो ।

प्रतिआना सात लाखमा बेचेको जग्गालाई रजिस्ट्रेसन पास गर्दा ५० हजार देखाएर राजस्व छली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस आधारमा ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा नौ करोड रुपैयाँ हाराहारीमा बेचेको देखिन्छ । तत्कानीन भोगधिकारीले २०६१ सालमै ललितानिवासले चर्चेको सो जग्गा बिक्री गरेको समाचार नागरिक दैनिकले लेखेको छ ।