६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को निवेदन दिने म्याद थप, तीनै तहका सरकारबीच ‘एमओयु’हुने



अ+ अ-

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने म्याद थप गरेको छ । श्रम मन्त्रालयले यस कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच ‘एमओयु’ गर्ने भएको छ ।

कार्यक्रम सञ्चालनमा पारस्पारिक सहयोग र समन्वय कायम गर्न त्रिपक्षीय समझदारी गर्न लागिएको हो । समझदारीपत्रमा श्रम मन्त्रालयका उच्चअधिकारी, प्रदेशको सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुख /अध्यक्षले हस्ताक्षर गर्नेछन् ।

समझारीसँगै रोजगार प्रदेश सरकार र स्थानीय तहको स्वामित्व ग्रहण हुने र कार्यक्रम कानूनी रुपमा थप प्रभावकारी बन्ने सरकारले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख २० गते देखि २५ गते सम्म त्रिपक्षीय सम्झदारी गरिनेछ ।