६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित ग्यालेक्सी फोल्ड फोन भाँचिएपछि बिक्री बन्द



अ+ अ-

काठमाडौं । कोरियन कम्पनी सामसुङको बहुप्रतिक्षित नयाँ फोन ग्यालेक्सी फोल्ड फोन भाँचिएपछि बजारमा नपठाउने भएको छ ।

शुक्रबारदेखि बजारमा आउने भनिएको फोन भाँचिएको र अन्य खराबी देखा परेपछि सामसुङले यो फोन तत्काल बजारमा नपठाउने भएको छ ।

१९८० अमेरिकी डलर मूल्य अङ्कित यो फोन सर्वसाधारणको लागि लक्षित नभए पनि स्मार्टफोनको क्षेत्रमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।

कम्पनीले फोनमा थप परिक्षण गरेर मात्रै बजारमा पठाउने बताएको छ । तर, उक्त फोन कहिलेदेखि बजारमा पठाइनेछ भन्ने विषयमा भने सामसुङले केही उल्लेख गरेको छैन्।