११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाली कला- संस्कृतिमा लोभिएका चिनियाँ कलाकार…

नेपाली कला- संस्कृतिमा लोभिएका चिनियाँ कलाकार…
अ अ+ अ-

काठमाडौं । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् ।

अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनिया चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको छ । नेपाली कला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले उनीहरुलाई लोभ्याएको छ ।

मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौँ उपत्यकाका कला र संस्कृतिलाई उनीहरुले क्यानभासमा उतारेका छन् । प्यागोडाशैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले चिनियाँ चित्रकारलाई मुग्ध पारेको छ । “हामीलाई नेपाली कलाले औधी तानेको छ, धेरै देशमा पुग्यौँ तर यहाँको मौलिकता र रहनसहन साह्रै मन प¥यो, नेपालीहरुको सहयोगी भाव देखेर गर्वको महसुस भइरहेको छ”, चिनियाँ टोलीका प्रमुख चु चेङ याङले भने ।

नेपालीको अनुहार चमकदार हुनुका साथै यहाँको पोशाक निक्कै आकर्षक र मौलिक लागेको भन्दै याङले पुन नेपाल घुम्न आउने प्रतिक्रिया दिए । बुबाआमाको प्रेरणाका कारण ३० वर्षदेखि चित्रकारिता गर्दै आउनुभएका उहाँले यसपटक भक्तपुरका एक बटुवाको मुहार चित्र उतार्नु भएको छ । आर्ट बनाउँदा निक्कै बेर बसेर स्थानीयले सहयोग गर्नु पनि ठूलो कुरा भएको उनले बताए । यस्तै उनले मौलिक कला र पुरातात्विक क्षेत्रमा जीवन्त तस्वीर पनि उतारे ।

नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार क्षेत्र, हिमशृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र पोखरा, सौराहालगायत ठाउँमा घुमेर पर्यटक रमाउँछन् ।

चिनियाँ चित्रकारले पनि काठमाडौँ उपत्यका र पोखराको वातावरण तथा धार्मिक सांस्कृतिक क्षेत्रमा पुगेर प्रत्यक्ष अनुभव लिँदै कुची चलाएर क्यानभासमा नेपाली कला र संस्कृति भरे । चिनियाँ चित्रकारको समूहका ६४ वर्षीय मा क्वी से पनि १४ वर्षदेखि चित्र बनाउँदै आएका छन् । यसपटक नेपाली कलालाई चिनियाँ कागजमा रङ्ग्याउन पाउँदा बेइजिङका क्वी से औधी खुशीे भए ।

बौद्धमा महिला पूजाआजाका लागि तयारी अवस्थामा रहेको जीवन्त दृष्यलाई क्यान्भासमा कैद गरि क्वी सेले भने, “चीनमा पुगेर नेपाल चिनाउँदै चित्रकला प्रदर्शनी गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।”
उनिहरुसहित नि पियोङ, मा क्वी से, वाङ्ग क्वी जिङ्ग, सुयोङ्ग चेन, म्यागु से, ग्यु लङ, यु ग्वाङ्ग स्याङ, च्युङ स्यु मिङ, लि जिङ ज्याङ, लि मीलगायतका चित्रकार सहभागी छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एन वी गुरुङले सहयोग गरिरहेका छन् ।

उनीहरुले मौलिक कला, रहनसहन, मुहार चित्र, महिला र पुरुषका दैनिक क्रियाकलापसम्बन्धीका चित्र तथा दृष्य उतारेको अध्यक्ष गुरुङले बताए । चिनियाँ चित्रकारलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् ।

भरपर्दो सञ्चारको माध्याम वी च्याट छ । सफ्वेरमार्फत रुपान्तरण गरेर कुराकानी हुन्छ । दश दिन अघिदेखि उनीहरुको दिनचर्या यसैगरी बितिरहेको छ । नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर उनीहरुले चित्र बनाएका छन् ।

यो अवधिमा उनीहरु भक्तपुर, नगरकोट, पोखरा, पाटन, हनुमानढोका, स्वयम्भू, पशुपतिनाथ घुमेर चित्र बनाएका छन् । बनाएका चित्र नेपालमै र चीनमा समेत प्रदर्शन गर्ने योजना रहेको चित्रकारले बताएका छन् । नेपालमा बनाएका चित्रलाई सङ्ग्रह गरेर राख्ने उनीहरुको योजना छ ।

एक देशका चित्रकार अर्को देशमा गएर काम गर्दा दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार हुने र कला पर्यटनमा टेवा पुग्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए ।