६ पुष २०८२, आईतवार
,
Latest
बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले गोप्य सूचना सङ्कलन गरेको भन्दै सात वर्षको जेल सजाय, सर्वोच्चद्धारा अपिल खारेज



अ+ अ-

नेपिढ । म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ ।

रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई सात वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन् ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब जेलमुक्त हुन उनीहरुलाई राष्ट्रपतिले माफी दिन सक्ने बाटो बाँकी छ ।

उनीहरुमाथि द्वन्द्वग्रस्त राज्य राखिनमा सैनिक कार्यबाहीसँग सम्बन्धित गोप्य दस्ताबेज राखेको आरोप छ । राखिन राज्यमा सेनाको चरम दमनबाट सात लाख ४० हजारभन्दा बढी मुस्लिम समुदायका मानिसहरु रातारात बंगालदेशतर्फ पलायन भएका थिए ।

पत्रकारका समर्थकहरुको भनाईमा सन् २०१७ को सेप्टेम्बरमा राखिन राज्यमा १० जना रोहिङ्ग्या मुस्लिमको चरम दमन र आमहत्यामा म्यान्मार सेनाको संलग्नताको प्रमाण उनीहरुसँग रहेको छ ।