११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भोलिदेखि कांग्रेसको जागरण अभियान, काठमाडौंमा सभापति देउवाले उद्घाटन गर्ने

भोलिदेखि कांग्रेसको जागरण अभियान, काठमाडौंमा सभापति देउवाले उद्घाटन गर्ने
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (बुधबार) वैशाख ११ गते लोकतन्त्र दिवसबाट देखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू गर्ने भएको छ।

सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।

जागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ भने ७७ जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधिको रूपमा खटिएका छन्।

पहिलो चरणमा लोकतन्त्र दिवसबाट सुरू हुने कार्यक्रम जेठ ११ गते सकिनेछ।

यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।

पार्टीको संगठन सुदृढीकरण र सरकारका नराम्रा कामविरूद्ध जनतामा चेतना जगाउन भन्दै कांग्रेसले कार्यक्रम गर्न लागेको हो। जनजागरण अभियानका क्रममा भ्रष्टाचारविरूद्ध भातृ संस्था नेपाल तरुण दलले खबरदारी गर्नेसमेत कार्यक्रम छ।

वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै जनतालाई बुझाउन कांग्रेसले जागरण अभियान सुरु गर्ने भएको हो ।