६ पुष २०८२, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि कांग्रेसको जागरण अभियान, काठमाडौंमा सभापति देउवाले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (बुधबार) वैशाख ११ गते लोकतन्त्र दिवसबाट देखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू गर्ने भएको छ।

सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।

जागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ भने ७७ जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधिको रूपमा खटिएका छन्।

पहिलो चरणमा लोकतन्त्र दिवसबाट सुरू हुने कार्यक्रम जेठ ११ गते सकिनेछ।

यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।

पार्टीको संगठन सुदृढीकरण र सरकारका नराम्रा कामविरूद्ध जनतामा चेतना जगाउन भन्दै कांग्रेसले कार्यक्रम गर्न लागेको हो। जनजागरण अभियानका क्रममा भ्रष्टाचारविरूद्ध भातृ संस्था नेपाल तरुण दलले खबरदारी गर्नेसमेत कार्यक्रम छ।

वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै जनतालाई बुझाउन कांग्रेसले जागरण अभियान सुरु गर्ने भएको हो ।