६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार आयोगको संरक्षणमा रहेका विप्लव कार्यकर्ता फेरी पक्राउ



अ+ अ-

नेपालगन्ज । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ ।

विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालय लगाएर प्रशासनले परिवारको जिम्मा लगाए लगत्तै प्रहरीले टोलीले पक्राउ गरेको हो ।

आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमबार पत्राचार गरेको थियो ।