६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटाकुटपछि विराजले मागे माफी, अब पाण्डेसँग कुनै काम नगर्ने घोषणा



अ+ अ-

अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएपछि भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । चलचित्र प्राविधिक संघको कार्यलयमा उपस्थित भएका भट्टले आज पाण्डेसँग माफी मागेका हुन् ।

सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए । उनले भने–‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर, दुबै जना सहमतीमा आएर कुरा टुंगिएको छ ।’

अब, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ ।