२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटाकुटपछि विराजले मागे माफी, अब पाण्डेसँग कुनै काम नगर्ने घोषणा



अ+ अ-

अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएपछि भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । चलचित्र प्राविधिक संघको कार्यलयमा उपस्थित भएका भट्टले आज पाण्डेसँग माफी मागेका हुन् ।

सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए । उनले भने–‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर, दुबै जना सहमतीमा आएर कुरा टुंगिएको छ ।’

अब, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ ।