६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरब : ३७ जनालाई मृत्युदण्डको सजाय



अ+ अ-

काठमाडौं । साउदी अरबले आफ्ना ३७ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । आतंकवादमा संलग्न भएको आरोपमा उनिहरुलाई मृत्युदण्डको सजाय सुनाएको साउदी प्रेस एजेन्सीले बताएका छन् ।

साउदी प्रेस एजेन्सीका अनुसार सन् २०१६ पछि यो नै यति ठूलो संख्यामा सामूहिक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि पनि ४७ जनालाई आतंकवाद गतिविधिमा संलग्न भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।

एजेन्सीका अनुसार रियाद, मक्का–मदीना, मध्य कासिम प्रान्त र शिया अल्पसंख्यकहरुको गढ इस्टर्न प्रान्तमा मृत्युदण्ड दिइने छ ।

एसपीएले जारी गरेको आँकडा अनुसार, साउदी अरबमा यो वर्षको सुरुवातदेखि अहिलेसम्म कम्तीमा सय जनालाई मृत्युदण्डको सजाय दिइसकिएको छ ।