राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहित एक दर्जनभन्दा बढी विशिष्ट व्यक्ति चीन भ्रमणमा रहेका छन् ।
चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म अर्थात ८ दिने चीनको राजकीय भ्रमण रहेका व्यक्तिहरुको चर्चा हुनु स्वाभिक मानिन्छ । विदेश भ्रमणमा जादाँ सार्वजनिक सवारी साधनहरुलाई बाधा पुर्याउनु, विमानस्थलमा ढिला गरेर हवाई सेवालाई प्रभावित पार्ने काम गर्नु र जम्बो टोलीसहित भ्रमणमा निस्कनु नेपाली जनता र मिडियाले सामन्य रुपममा नै लिने गर्दछन् । यो हाम्रो देशमा परम्परा नै बनेको भएर होला नेपाली जनताले पनि सजिलै पचाउने गर्दछन् ।
तर हाल नेपाली मिडियामा र सामाजिक संजालमा यो कुराको साथसाथै अर्को कुरा धेरैमा चर्चामा आयो त्यो हो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहिरन ।
उनि चट्ट परेको सुट, सुटमा नेपालको चन्द्र र सूर्य अंकित झन्डा,हातमा महंगो घडि र टाउकोमा नेपाली पहिचान देखाउने नेपाली ढाका टोपीमा सजिएका छन् । तर उनले खुट्टामा निलो र सेतो कलर मिश्रत स्पोर्ट्स शुज लगाएका छन् ।
सबै जना कोर्ट पाइन्टमा सुहाउदै शुज लगाएका छन् तर अन्तराष्ट्रिय भ्रमणमा अन्य कर्मचारीलाई कुटनैतिक ड्रेस कोड सिकाउने परराष्ट्र मन्त्रालयका मन्त्रीले भने ड्रेस कोड मिलाउन नै बिर्से ।
नेपाली पहिरनको कदर गर्नु त कता हो कता उल्टै विदेशी पहिरनमा सजिएर पहिरनकै खिल्ली उडाएका मन्त्री ज्ञवालीले आफ्नो अस्वाभिक पहिरनलाई लुकाउनुको सट्टामा उनी फोटो खिच्न तछाड मछाड गर्दै अगाडि बढेका छन् ।
यति खेर अन्तराष्ट्रिय भ्रमणमा अन्य कर्मचारीलाई ड्रेस कोड सिकाउने परराष्ट्र मन्त्रालयले आफ्नो मन्त्री चुक्दाँ किन बोलेन र आफ्नो मन्त्रीलाई किन ड्रेस कोड सिकाउन सकेन भन्ने कुराको चर्चा हुन थालेको छ ।
चर्चामै रहेको अर्को कुरा हो अन्य कर्मचारीलाई चाहिँ मन्त्रालयले बनाएको नियम लाग्ने तर मन्त्रीलाई चाहिँ किन उक्त नियम नलाग्ने भन्ने कुराले सामाजिक संजालमा उग्र रुप लिएको छ ।
पहिरनले नै देशको परिचय दिने हो । आफ्नो देश अनुसार भेष हुनु स्वभाविक मानिन्छ । भलै हाम्रो देशमा हाम्रो राष्ट्रिय पोशाक दौरा सुरुवाल खारेज भएपनि उच्च ओहदामा बसेको व्यक्तिले आफ्नो पदिय मर्यादा अनुरुपको पोशक लगाउनु पर्ने हुन्छ ।
विदेश भ्रमणमा जादाँ पोशाक आफ्नो देशको मर्यादासँग जोडिने भएका कारणले गर्दा बिशेष ध्यान दिनुपर्ने हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लगाएको खिचडी पहिरनबाट हामीले कस्तो पाठ सिक्ने ?