१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीलाई हराउँदै रेनसलाई फ्रेन्च कपको उपाधि,एम्बाप्पेले खाए रेड कार्ड



अ+ अ-

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) हराउँदै रेनसले फ्रेन्च कपको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रेनसले पेनाल्टी सुटआउटमा पीएसजीलाई ६–५ ले जित हात पारेको हो ।खेलको १३औं मिनेटमा नै ड्यानी अल्भेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २१ औ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए ।

तर खेलको ४० औ मिनेटमा पीएसजीका प्रिन्सेल किम्पेम्बेले आत्मघाति गोल गरेपछि रेनसले २–१ गोलको स्थितिमा ल्याएको थियो । ६६औं मिनेटमा सिटोइले गोल गर्दै २–२ मा ल्याए ।

बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ३० मिनेटको समय थप गरिएको थियो । यही थप गरिएको समयमा किलियन एम्बाप्पेले रेड कार्ड खादै मैदान छाडेका थिए । थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।