
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वैवाहिक जीवनमा केन्द्रीत भएर कार्यक्रम देखाएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडियाको नियामक संस्थाले शनिबार नीजि टिभी च्यानलमाथि १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको छ ।
पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियमक निकायले खान र उनकी तेस्री श्रीमती बुशरा बीबीको सम्बन्धमा तित्तता छाएको दाबी गरिएको थियो । च्यानललाई अबको सात दिनसम्म आफ्नो प्राइम टाइम कार्यक्रममा लगातार माफीको प्रसारण गर्न निर्देशन दिएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका भूतपूर्व अध्यक्ष नजम सेठीले च्यानल २४ न्यूजको कार्यक्रम ‘नजम सेठीसँग’ मा इमरान खानको श्रीमतीसँगको सम्बन्धमा खटपट भइरहेको दाबी गर्दै यसमा खानका केही बानी जिम्मेवार भएको बताएका थिए ।
सेठीको उक्त कार्यक्रमपछि इमरानले गरेको उजुरी पाकिस्तानी इलेक्ट्रोनिक्स मिडिया रेगुलेटरीलाई सुम्पिएको थियो ।
निकायका अनुसार यदि च्यानलले निर्देशनको पूर्णतः पालना नगरेको खण्डमा कार्यक्रम ‘नजम सेठीसँग’ को प्रशारण ३० दिनसम्म प्रतिबन्ध लगाइनेछ ।









