
काठमाडौं । श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। शनिबार बिहानै आतंककारीहरू लुकेर बसेको एउटा घरमा उक्त आक्रमण भएको हो ।
आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा उनीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराएको सेनाले जनाएको छ।
उक्त विस्फोटमा परी घरभित्र थप १५ जनाको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ।
गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २५० भन्दा बढीको ज्यान गएको थियो। उक्त आक्रमणको अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो।










