६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा राष्ट्रिय निकुञ्जमा जनावर मर्ने क्रम बढ्यो



अ+ अ-

वीरगञ्ज । बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।

निकुञ्जभित्र रहेको २० दुर्लभ पाटेबाघमध्ये दुई बाघ दुर्घटनामा मरेपछि अहिले निकुञ्जभित्र १८ पाटेबाघ मात्र रहेको छ ।

सडक दुर्घटनामा चैत महीनामा मात्र पाँच बदेल, चित्तल, बाँदर सवारीसाधनको ठक्करबाट मरेको छ भने वैशाख ५ गते सवारीसाधनको ठक्करबाट एक चित्तल मरेको रेञ्जर प्रकाश पुनले बताए ।

सवारी साधनकै कारणले निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहिचान भएका पाटेबाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको बासस्थानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।