भोजपुर । नेपाल सरकारले अहिले पासपोर्ट बनाउ पाँच हजार तोकेको छ । त्यस्तै एकै दिनमा पासपोर्ट बनाउन १५ हजार रुपैयाँ तिरेर लिन सकिन्छ । तर भोजपुरमा अनौठो किसिमको नियम लगाइएको छ ।
जिल्ला प्रशासन भोजपुरको एउटा भवनमा सूचना टाँसिएको छ । सूचनामा लेखिएको छ नयाँ पासपोर्ट बनाउन पाँच हजार । हो उसले नियम कानुन अनुसार नै पासपोर्टको मूल्य तोकेको छ । तर तेहि सूचनाको तल लेखिएको छ पासपोर्ट हराएर पुनः बनाउँदा १० हजार राजश्व दस्तुर लाग्नेछ ।
यो सूचना देख्दा सेवा लिन जाने जो कोहिको मनमा लाग्न सक्छ नयाँ बनाउदा पाँच हजार तर फेरी हराएर अर्काे बनाउदाँ किन दश हजार ? सरकारले एक दिनमै पासपोर्ट लिन १५ हजारको मूल्य तोकिदिएको छ । तर यसरी हराएर प्रतिलिपि लिदाँ कति दिनमा पासपोट आउँछ साहेद जिल्ला प्रशासन भोजपुरका कर्मचारीलाई नै थाहा नहुँन सक्छ ।