२३ भाद्र २०८३, मंगलवार
,
Latest
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यकः मुख्यमन्त्री पोखरेल



अ+ अ-

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज २३औँ वार्षिकोत्सव समारोहमा उहाँले सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गर्नुभयो ।

शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षकलगायतको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिनुभयो । “विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । गण्डकीलाई पूर्ण साक्षर घोषणा गरिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताउनुभयो । 

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङलगायतले शिक्षालाई प्राथमिकता राखिएको बताए । सो अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कृत गर्नुभएको थियो ।