९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई उपाध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई उपाध्यक्ष ढकालको आग्रह
अ अ+ अ-


काठमाडौँ, १५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकोले लगानीकर्ताका लागि आवश्यक रहेका नेपालका अद्वितीय क्षेत्रहरुमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरुको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो– नेपालमा लगानीको वातावरण बनेको छ, सरकारले लगानीमैत्री नीति तथा कानूनहरु बनाएको छ, त्यसैले नेपालमा लगानी गर्नै यो उत्कृष्ट समय हो ।


नेपालमा यतिखेर करिब दुई तिहाई बहुमतको स्थीर सरकार छ र नेपालमा निर्माण हुने नीति नियम र कानूनमा पनि यो स्थीर सरकारको प्रभाव देखिन्छ भन्दै सरकारले वैदेशिक लगानीलाई प्रवद्र्धन गर्नेगरी नीति कानूनहरु निर्माण गरेकोले वैदेशिक लगानीको प्रतिबद्धता पनि आइरहेको उहाँले बताउनुभयो ।


नेपालका उद्योगी व्यावसायीहरुको साझा संस्था उद्योग वाणिज्य महासंघको तर्फबाट उक्त संयुक्त मञ्चलाई सम्बोधन गर्दै ढकालले सरकारले गत महिना सम्पन्न गरेको लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुको उत्साहजनक प्रतिबद्धता व्यक्त भएकोले नेपालका निजी क्षेत्रका व्यावसायीहरु पनि यसबाट उत्साहित भएको बताउनुभयो ।


उपाध्यक्ष ढकालले नेपालका उद्योगी व्यावसायीहरु चिनियाँ व्यावसायीहरुसँग कामगर्न इच्छुक रहेको भन्दै विगत सन् १९९६ देखि नै दुवै देशका उद्योगी व्यावसायीहरुले व्यापारिक, सांस्कृतिक एवम् विविध क्षेत्रको सम्बन्ध सुदृढिकरणका लागि काम गरिरहेको जानकारी पनि गराउनुभयो ।


नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणबाट आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्धको विकासका अतिरिक्त नेपालमा चिनियाँ लगानी भित्रिने विषयमा नेपाल सरकारसहित हामी उद्योगी व्यावसायीहरु पनि उत्साहित भएका छौँ– ढकालले भन्नुभयो ।


दुई ठूला अर्थतन्त्र छिमेकीका बीचमा रहेको नेपालमा प्राकृतिक सम्पदाहरुका साथै लगानीका लागि अति आकर्षक र अद्वितीय प्रकृतिको वातावरण रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो– साधारणतया लगानीकर्ताहरु अर्थात उद्योगी व्यावसायीहरुले जेजस्तो अवस्था र वातावरण खोजिहिँड्छन् त्यस्तै लगानीका अधिक सम्भावनाहरु नेपालमा छन्, हामी तपाईँहरुलाई नेपालको पूर्वाधार निर्माण, सेवा क्षेत्र लगायतमा लगानीका लागि आह्वान गर्दछौँ ।


नेपाललाई पूर्वाधार निर्माणका कार्य, जलविद्युत, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषिका क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकोतर्फ उहाँले चिनियाँ लगानीकर्तालाई स्मरण गराउनुभयो ।


नेपाल पनि चीनको महान आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्सको अंग बन्न पाउँदा नेपाललाई खुशी लागेको बताउँदै यसबाट दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपालका उद्योगी व्यावसायीहरुले पनि गरेको सो अवसरमा बताउनुभयो ।


चीनजस्तो समृद्ध छिमेकी प्राप्त गर्नु नेपालका लागि सौभाग्य हो भन्दै चीनको यो समृद्धिबाट हामी कसरी लाभान्वित हुनसक्छौँ भनेर हामीले पनि आफ्ना योजनाहरु अघि सार्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।


चीनको यो महान तथा महत्वाकांक्षी बिआरआई आयोजनाबाट हामीजस्ता छिमेकीहरुले प्राथमिकता पाउनुपर्ने धारणा राख्दै उपाध्यक्ष ढकालले यो आयोजनाले हामीलाई ‘ल्याण्डलक्ड’ अर्थात भूपरिवेष्ठिातबाट ‘ल्याण्डलिंक’ अर्थात जमिनले जोड्ने अवस्थासम्म पु¥याउन सफलता मिलोस् र हाम्रा समृद्ध छिमेकीबाट लाभान्वित हुन सकौँ भनी नेपाली जनताले कामना गरिरहेको पनि बताउनुभो ।