काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा २२ अंक बढीको बढोत्तरी भएको छ । नेप्से परिसूचक आइतबार २२.३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ अंकमा पुगेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका १६ हजार ७५ कारोबारबाट ४९ लाख २१ हजार ८४ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा देखिएको छ ।