२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले बैंगलाेरलाइ हरायाे, दिल्ली प्ले अफमा छनाैट



अ+ अ-

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल आईपीएलको प्ले अफमा पुगेको छ । समान १६ अंक बनाएकाे सिएसके पनि प्लेअफमा पुगेकाे छ ।

पहिले ब्याटिङ गर्दै दिल्लीले १८७ रन बनाएकाे थियाे । १८८ रनकाे लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । उसका पार्थिव पटेलले ३९ रन बनाए ।

बलिङतर्फ दिल्लीका अमित मिश्रा र कागिसाे रबाडाले २–२ विकेट लिए भने ३ ओभर बलिङ गरेका सन्दीप लामिछानले विना विकेट ३६ रन खर्चिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रेयस आयरको अर्धशतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएकाे थियो । आयर ५२ र धवन ५० रनमा आउट भए ।

अाइतबार नै मुम्बइ इन्डियन्स र काेलकाता नाइट राइडर्सबीच खेल हुँदैछ । टस जितेकाे मुम्बइ इन्डियन्सले फिल्डिङ राेजेकाे छ । घरेलु मैदान काेलकातामा ब्याटिङकाे निम्ताे पाएकाे केकेअारले धुँवाधार ब्याटिङ गरिरहेकाे छ ।

केकेअारले ९.३ अाेभरमा १ विकेट गुमाएर ९६ रन बनाएकाे छ । मुम्बइका राहुल चहरले क्रिस लिनकाे विकेट लिएका छन् ।