बाल्टीमोर । एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक जनाको मृत्यु भएको छ । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए
प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।