२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै



अ+ अ-

म्याड्रिड । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन ।

अति–दक्षिणपन्थी दलले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतर्फ उन्मूख भएको छ । प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।

सन् २०१७ मा क्याटालोनियाले स्पेनबाट अलग्गिन चाहेयता स्पेनमा राजनीतिक अस्थिरता अझ चुलिएको छ । अस्थिर राजनीतिकै कारण विगत चार वर्षको अवधिमा तेस्रो पटक संसदको निर्वाचन गर्नु परेको छ ।

अतिराष्ट्रवादी भोक्स पार्टीको उदय अर्को चुनौतीको रुपमा देखिएको छ । यो दलले १० प्रतिशतको हाराहारीमा मत पाएको छ । यो दलले बहुसंस्कृति र अनियन्त्रित आप्रवासनको विरोध गर्दछ । सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्यु भएपछि अति–दक्षिणपन्थीको उपस्थिति स्पेनको राजनीतिमा खासै प्रभाव थिएन ।

कूल ३५० रहेको स्पेनको संसदमा सान्चेजको समाजवादी पार्टीले १२३ स्थान जितेको छ । अर्थात् करिब २९ प्रतिशत मत समाजवादी पार्टीले ल्याएको छ । सन् २०१६ मा समाजवादी पार्टीले ८५ स्थानमात्र जितेको थियो ।

म्याड्रिडमा आइतबार आयोजित समारोहमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले समाजवादी पार्टीले चुनाव जितेको दाबी गर्नुभयो ।

यस चुनावमा अनुदारवादी पपुलर पार्टी ९पीपी० ले निकै ठूलो नोक्सानी व्यहोरेको छ । यस दलले अघिल्लो चुनावमा १३७ स्थान ल्याए पनि यस पटक ६६ स्थान मात्र जितेको छ ।

यस चुनावमा दुई वटा क्याटालान पृथकतावादी पार्टीले पनि राम्रो प्रगति गरेका छन् । सन् २०१६ मा यी दलले १७ स्थान जितेकामा यस पटक २२ स्थानमा विजयी भएका छन् ।

विजयी भएका पाँच जना पृथकतावादी नेताहरु जेलमै छन् र उनीहरुमाथि स्पेनको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

दक्षिणपन्थी पार्टीहरुले भने प्रधानमन्त्री सान्चेजले पृथकतावादीहरुसँग नरम व्यवहार गरेको र स्पेनलाई टुक्र्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।