६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी लोकमार्गमा निर्माणाधीन पक्की पुल भत्कियो



अ+ अ-

सिन्धुली । अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ६० मिटर लामो निर्माणाधीन पक्की पुल भत्किएको छ।

मदन भण्डारी लोकमार्गमाको पश्चिमखण्ड अन्तर्गत मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको आयोजनाका साइड इन्चार्ज तथा सुपरभाईजर बसन्त पोखरेलले जाकारी दिए।

यो पुल करीव १० करोड रुपैयाँको लागतमा निर्माण थालिएको थियो। मदन भण्डारी लोकमार्गको हेटौडा–सिन्धुली–चतरा खण्डमा पर्ने खोला तथा नदीहरुमा अनक कन्स्ट्रक्सनले पुलको निर्माणकार्य गर्दै आएको छ।

पुल भत्किदा झण्डै ७ करोड रुपैयाँ नोक्सान भएको पोखरेलले जानकारी दिए।