काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले विपक्षी दलका नेता शेरबहादुर देउवाले भने जस्तो सरकारबाट जनता निराश नभई उत्साहित भएको दाबी गरेका छन् ।
संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधनमा देउवाको कुराको खण्डन गर्दै उनले भने, ‘जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’
नेम्वाङले भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’