६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इञ्जिनीयर्स काममा फर्कन सहमत



अ+ अ-

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् ।

नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच आज भएको छलफलमा प्राविधिकले आफ्ना माग सम्बोधन भएकाले काममा फर्कने प्रतिबद्धता जनाएका हुन् ।

एसोशियसनका महासचिव छविराज पोख्रेलले इञ्जिनीयरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनःनिर्माणलाई ढिला गर्ने र अल्झाउने छुट प्राविधिकलाई नभएको बताए । प्राविधिकले अतिरिक्त भत्ता र सुविधाको माग राखी वैशाख १२ गतेदेखि आन्दोलन गर्दै आएका थिए । गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।